अभिनेत्री दीपिका प्रसाई फिल्म ‘छक्का पन्जा ३’मा अनुवन्धित हुन पाउँदा खुबै दंग छिन् । उनका लागि यो फिल्म चिठ्ठा परेको भन्दा पनि हुन्छ । तर, संयोग नै मान्नुपर्छ कि दीपिकाले काम गरेका २ फिल्मका हिरो ४० बर्ष काटेका छन् ।

दीपिकाले काम गरेको पहिलो फिल्म ‘ऐश्वर्य’का अभिनेता रमेश उप्रेती पनि ४० बर्ष कटेका थिए । अहिले, फिल्म ‘छक्का पन्जा ३’का अभिनेता दीपकराज गिरी पनि ४० बर्ष कटेका छन् । भर्खरैकी यूवती अभिनेत्री यति पाका अभिनेतासँग जोडी वाध्न तयार हुँदैनन् ।

तर, दीपिकालाई केही फरक परेको छैन । उनले यो बिषयमा भनेकी छिन् –‘सायद, मलाई ४० कटेका हिरोहरु नै फाप्छन् होला ।’ अभिनेता दिपकराज गिरी भने दीपिकासँग आफ्नो जोडी सुहाउने बताउँछन् ।

For More videos Log on to Mazzako TV