बर्षालाई स्मार्ट पुरुष मनपर्छ
अभिनेत्री बर्षा राउत अभिनेता संजोग कोइरालाको प्रेममा छिन् । उनीहरुविच लामो समयदेखि प्रेम छ । यसैले पनि बर्षालाई अन्य यूवाले प्रेम प्रस्ताव भने राख्न सकेका छैनन् । तर, अभिनेत्री बर्षा राउतलाई भने हरेक उमेरका पुरुष मनपर्छन् ।

तर, त्यसका लागि पुरुषमा विशेष गुण हुन आवश्यक छ । बर्षालाई स्मार्ट पुरुषहरु मनपर्छन् । जुनसुकै उमेरका भएपनि स्मार्ट हुनुपर्ने बर्षा बताउँछिन् । मिलेको कपडा, त्यहीअनुसारको स्टाइल भएका पुरुष मनपर्ने बर्षाले बताएकी छिन् ।बर्षालाई अहिलेसम्म पाका उमेरका पुरुषले प्रेम प्रस्ताव भने राखेका छैनन् । तर, पनि बर्षा उनीहरु स्मार्ट भएभने आफूलाई आकर्षित गर्ने बताउँछिन् । फिल्म ‘चौका दाउ र एउटा यस्तो प्रेम कहानी’मा बर्षाले काम गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV








