दीपक दीपाको छक्का पञ्जा ३ को छायाँकन सुरु
सुपरहिट फिल्म छक्का पञ्जाको तेस्रो श्रृखला अर्थात छक्का पञ्जा ३ को छायाँकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्य विनायक मन्दिरमा पुजाआजा गर्दै छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठ कलाकार हरिवंश आचार्यले टिमलाई फिल्म शुभकामना दिए ।
छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । फिल्म युनिटको ४५ दिनमा सुटिङ सक्ने योजना छ । टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्ने निर्देशक निरौलाले बताइन् ।

अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंको आगमनबारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको हो, दीपकले भने, दर्शकले पनि छक्का पञ्जामा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो । छक्कापञ्जा टिमसँग काम गर्न पाउँदा ऐश्वर्य डेव्यु नायिका दीपिका पनि दंग देखिइन् ।

यो टिमसँग काम गर्न पाउँनु मेरो लागि ठुलो कुरा हो, दीपिकाले भनिन्, म माथि विश्वास गरिदिनु भएकोमा दिपक दाई र दीपा दिदी प्रति आभारी छु । यस्तै मंगलम मादर्शक रुवाएका नायक पुष्प खड्काले छक्कापञ्जा ३ मादर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि छक्कापञ्जा ३ आगमन भएको हो ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइएमईको प्रस्तुती रहेको फिल्म छक्कापञ्जा ३ मादीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धितामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्दलामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मीगिरी, शारदा गिरी, बसन्तभट्ट, पुष्पखड्का र प्रियंका कार्कीको अभिनय रहनेछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमाछन् । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ भने, छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।
छक्कापञ्जा ३ को कथा दिपकराज गिरीको हो । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेका छन् । फिल्मलाई दशैंमा रिलिज गर्ने निर्माण टिमको घोषणा छ ।

For More videos Log on to Mazzako TV








