अभिनेता आर्यन सिग्देल एक बर्षको ग्यापपछि दर्शकमाझ आउने तयारीमा छन् । यसपटक, उनले अन्य निर्मातालाई विश्वास गर्नै सकेनन् । यसैले, उनले यसपटक ‘कायरा’ नाम दिएर आफै फिल्म बनाए । यो फिल्म यसकारण पनि चर्चामा रह्यो कि, आर्यनले फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जोडी बनाए । आर्यन र साम्राज्ञी पर्दामा देखिएपछि चर्चा हुनु स्वभाविक नै हो ।

यो फिल्मको छायांकन फिलिपिन्समा गरियो । आर्यनले फिल्मको बारेमा अहिलेसम्म मुख खोलेका छैनन् । बरु, उनी फिल्मको छायांकन सकेर फर्किएपछि अष्ट्रेलिया उडे । श्रीमति सपनासँग उनका रोमान्टिक तस्बिरहरु फेसबुकमा देखिए । आर्यन दम्पत्ती बिहिबार नेपाल फर्कदैछन् ।

आर्यन नेपाल आइ नपुग्दै यो फिल्मको प्रदर्शन मिति फाइनल गरिएको छ । फिल्मका वितरक सुनिल मानन्धरले साउन १८ मा फिल्म रिलिज हुने बताएका छन् । कुनै पनि बिदा नपरेपनि फिल्म यही मितिमा रिलिज हुने सुनिलले बताएका छन् । आर्यन र साम्राज्ञीको जोडीलाई दर्शकले पर्खिरहेका छन् । के साउन १८ मा वितरकले भनेजस्तै आउला त ‘कायरा ’ ।

 

For More videos Log on to Mazzako TV