अवार्डको मनोनयन देखेर हाँसे निश्चल
निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका कुनै पनि फिल्म गतबर्ष रिलिज भएनन् । यसैले पनि निश्चल यो बर्ष हुने अवार्डको कुनै पनि विधामा नोमिनेशनमा पर्ने छैनन् । तर, आफू नोमिनेशनमा नपर्ने पक्का हुँदाहुँदै पनि निश्चल अवार्डप्रति चासो भने देखाइरहेका छन् ।
निश्चललाई अहिले अवार्डका उत्कृष्ट ५ नोमिनेशन देखेर हाँसो उठ्न थालेको छ । उनले फेसबुकमा स्टाटस लेख्दै घुमाउरो पारामा अवार्डको मजाक पनि उडाएका छन् । उनले स्टाटसमा लेखेका छन्–‘अवार्डको नोमिनेशन । आर यू कमेडी मी ?’ निश्चलको यो स्टाटसमा कमेन्टको बर्षा भएको छ ।
नेपालका अवार्डहरु विश्वसनिय नभैरहेको समयमा निश्चलको यो स्टाटसले धेरै कुरा बोल्छ । अवार्ड सबैलाई वितरण गर्ने र त्यसका लागि अनावश्यक विधा थप्ने प्रचलन पनि बढेको छ । यसैले, फिल्मीकर्मीको नजरबाट अवार्डको महत्व कम हुन थालेको छ ।
For More videos Log on to Mazzako TV