प्रधान सेनापतीको रात्री भोजमा कलाकारको बाक्लो उपस्थिती
नेपाली सेनाका प्रधानसेनापति रविन्द्र क्षेत्रीले आफ्नो सरकारी निवासमा नेपाली फिल्मका कलाकर्मीका लागि रात्रीभोजको आयोजना गरे । उनको निमन्त्रणालाई स्विकार गर्दै २ दर्जन बढी कलाकर्मी उनको निवास पुगेका थिए ।
कलाकारको संयोजन भने कलाकार अनुराग कुँवरले गरेका थिए । अनुराग प्रधानसेनापतिसँग नजिक मानिन्छन् । कलाकारहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले कलाकारहरु राष्ट्रको गहना भएको भन्दै ती गहनाको सुरक्षा नेपाली सेनाले गर्ने बताए ।
कलाकारहरुको जमघट भएको प्रधानसेनापतिको सरकारी क्वार्टरमा गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुरज थापा लगायतले गीत गाएर माहोललाई तताएका थिए । क्षेत्रीको निमन्त्रणालाई स्विकार गर्दै कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, शिव श्रेष्ठ, प्रदिप खड्का, करिश्मा मानन्धर, प्रियंका कार्की, केकी अधिकारी, पूजा शर्मा, स्वेता खड्का लगायत क्षेत्रीको क्वार्टरमा पुगेका थिए ।
यस्तै, संगीतकार शम्भुजित बास्कोटा, वितरकहरु गोपाल कायस्थ, गोविन्द शाही, निर्माता सन्तोष सेन पनि क्षेत्री निवास पुगेका थिए । कलाकारलाई माया गर्ने प्रधानसेनापति यसअगाडि नदेखिएको कलाकारहरुको प्रतिक्रिया थियो ।
For More videos Log on to Mazzako TV