‘लम्फू’ टिम त्रिभुवन विश्वविद्यालयमा, कबिरले १४ महिना दाह्री पाले ‘लम्फू’ का लागी
यही शुक्रवार अर्थात बैशाख २८ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘लम्फू’ टिम प्रचार प्रसारको क्रममा बुधवार त्रिभुवन विश्वविद्यालय पुगेको छ । प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आयोजना गरेको ‘कला, साहित्य एवं साँस्कृतिक’ कार्यक्रममा पुगेर फिल्मको प्रमोशन गरेको हो । कलाकारहरु कबिर खड्का, सञ्जित भण्डारी र आयान खड्काले ‘लम्फू’ को प्रचार गरे ।

’लम्फू’ बाट नायकको रुपमा डेव्यु कविरले त्यहाँ विद्यार्थीलाई फिल्म हेरिदिन आग्रह गरे । यो फिल्म आफ्ना लागि अग्निपरिक्षा रहेको बताउँदै लम्फू का लागि १४ महिना दाह्री पालेको समेत स्मरण गरे । फिल्म हेरुन्जेल भरपूर मनोरञ्जन दिने बताए । उक्त कार्यक्रममा चर्चित गजलकार ज्ञानुवाकर पौडेल, गीतकार डा. कृष्णहरी बराल लगायतका व्यक्तिहरु अतिथीको रुपमा उपस्थित थिए ।

गोपालचन्द्र लामिछानेको निर्देशित ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । फिल्ममा तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठको पनि अभिनय छ ।
‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्मलाई भूपतिले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV








