फिल्म बनाउने फुर्सद छैन स्वेतालाई
अभिनेत्री स्वेता खड्काले फागूणमा फिल्म ‘कान्छी’ रिलिज गरेपछि करिब १ बर्ष पर्दामा नदेखिने सोच बनाएकी छिन् । यो फिल्मको प्रचार र रिलिजमा दौडधुप गर्नुपर्दा स्वेताले अन्य काम गर्न पाएकी थिइनन् ।
उनले, सिन्धुपाल्चोकको माझी बस्तीमा एकिकृत बस्ती निर्माण गरिरहेकी छिन् । यस्तै, स्वेताले इन्टेरियरको काम पनि अगाडि बढाउन नपाएको बताएकी छिन् । यसैले, यी दुबै काम सक्नका लागि अझै १ बर्ष लाग्ने भएकाले पनि तत्काल आफूले फिल्म निर्माण र अभिनय गर्न नभ्याउने स्वेताले बताएकी छिन् ।
स्वेता अन्य ब्यानरका फिल्ममा काम गर्ने मुडमा देखिएकी छैनन् । यसैले पनि आफै फिल्म बनाएर रिलिज गर्न स्वेतालाई लामै समय लाग्ने छ ।
For More videos Log on to Mazzako TV