जेठ १ गतेबाट फिल्म रिलिज नै नगर्ने तयारीका साथ नेपाल चलचित्र निर्माता संघले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि अहिले फिल्म रिलिज गर्नका लागि ठिक्क भएका निर्माताहरु समेत अन्यौलमा छन् । जेठमा रिलिज गर्ने भनेर प्रचार प्रसार सुरु गरेका फिल्मका निर्माता अहिले सेलाएका छन् ।

जेठ ४ गतेबाट रिलिज हुने फिल्म ‘हैरान’को निर्माण टोलीले भने प्रचारलाई रोकेको छैन । उनीहरु, विभिन्न तरिकाले फिल्मको प्रचार गरिरहेका छन् । निर्मातासँग वार्ता गरी जेठ १० सम्म सबै कुरा टुंगोमा पु¥याउनका लागि चलचित्र संघले वार्ता समिती बनाइसकेको छ ।

तर, अझै पनि बार्ताको प्रक्रिया सुरु हुन सकेको छैन । यसैले पनि जेठमा फिल्म के हुन्छन् भन्न सकिने अवस्था छैन । ‘ब्ल्याक, बेबी आइ लभ यू, भैरे’का निर्माता भने ब्याक सरेका छन् ।

For More videos Log on to Mazzako TV