एपीएफको जर्सीमा अनमोल
अभिनेता अनमोल केसी अहिले फिल्म ‘क्याप्टेन’को छायांकन गरिरहेका छन् । पर्दामा पहिलो पटक फुटबल खेलाडी बनिरहेका अनमोललाई मंगलबार दमक गोल्ड कपमा देख्दा दर्शक पनि छक्क परेका छन् । नेपाल पुलिस क्लब र एपीएफ टिमविचको खेलमा यो फिल्मको छायांकन गरिएको छ ।
सो समयमा अनमोल ११ नम्बरको जर्सी लगाएर एपीएफ टिमबाट खेलेका छन् । अनमोल टिमसँगै मैदानमा छिरेको, व्यायम गरेको, राष्ट्रिय गान गाएको लगायतका दृश्य खिचिएको हो । यो फिल्ममा अभिनेता विल्सन विक्रम राई अनमोलको क्याप्टेनको भूमिकामा देखिएका छन् ।
यस्तै, फिल्ममा अभिनेता सुनिल थापाको पनि इन्ट्री भएको छ । दिवाकर भट्टराइले निर्देशन गरिरहेको फिल्मलाई भूवन केसीले निर्माण गर्दैछन् । फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभी नामका २ नव–अभिनेत्री छन् ।