शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘लम्फू’ चर्चामा छ । फिल्मका गीतसंगीत, ट्रेलर र ‘तरकारीवाली’ नामले चर्चामा रहेकी कुसुम श्रेष्ठको अभिनयका कारण पनि यो फिल्म चर्चामा रहेको हो । फिल्मको बिषयमा निर्देशक गोपाल चन्द्र लामिछाने भन्छन्–‘लम्फू’ अमला जस्तो फिल्म हो ।

सुरुमा यो फिल्म दर्शकलाई टर्रो लाग्छ । पछि गुलियो हुन थाल्छ ।’ यो फिल्ममा एक यूवकको संघर्षको कथालाई उठान गरिएको छ । निर्देशक लामिछानेका अनुसार, फिल्ममा अभिनेता सलोन बस्नेत पृथक भूमिकामा छन् । यस्तै, निर्माता शक्ति वल्दभ घोरासैनीले फिल्म बहुप्रतिक्षित नभएपनि उत्कृष्ट भएको बताएका छन् ।

उनले, फिल्मले दर्शकलाई निराश नबनाउने बताए । कविर खड्का, मरिष्का पोख्रेल, सलोन बस्नेत, चाँदनी शर्मा, कुसुम श्रेष्ठ, कुशाग्र भट्टराइको फिल्ममा मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV