अभिनेता खगेन्द्र लामिछानेले अभिनय गरेको फिल्म ‘डमरुको डन्डिबियो’ हलमा लागिरहेको छ । यो फिल्मले खेलकुदको बिषयलाई उठान गरेपनि दर्शकले फिल्मप्रति खासै रुची देखाएनन् । फिल्मको व्यापार सुखद हुन सकेन । अभिनेता खगेन्द्र लामिछानेलाई दर्शकले ‘टलकजंग भर्सेस टुल्के’बाट रुचाएका थिए । उनले गरेको अभिनय, उनको बोलीको शैलीले दर्शकलाई प्रभावित बनायो । यसको प्रभाव फिल्म ‘पशुपति प्रसाद’मापनि देखियो ।

यसपछि, त खगेन्द्रलाई लिएर फिल्म बनाउँदा हलमा दर्शक आउने रैछन् भन्ने सोच धेरैले पाले । तर, खगेन्द्रले अफर आएका फिल्ममा काम गरेनन् । उनले, आफ्नै कथामा फिल्म ‘धनपति’मा काम गरे । फिल्मले कमाई राम्रो गरेन । यसको करिब १ बर्षपछि उनले अर्को फिल्म ‘डमरुको डन्डिबियो’मा काम गरे । जसमा खगेन्द्रकै कथा छ । यो फिल्म पनि हलमा सुखद रुपमा चल्न सकेको छैन ।

दर्शकले खगेन्द्रका २ फिल्म जस्तो रुची यसमा देखाएनन् । यसले, के देखाउँछ भने के अब खगेन्द्रले आफ्नो अभिनय र कथा भन्ने शैली परिवर्तन गर्नुपर्ने हो । उस्तै खालको शैलीले दर्शक कतै मोनोटनस त भएनन् ?

For More videos Log on to Mazzako TV