‘कुम्भ करण’ को अष्ट्रेलिया रिलिज फाइनल
फिल्म ’कुम्भ कारण’ को अष्ट्रेलिया रिलिज पक्का भएको छ । फिल्म रिलिजको आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । ’कुम्भकरण’ को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले भनाई छ ।

फिल्मल यही असार ८ गतेबाट अल नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनको तयारी गरेको छ । फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिको छ ।
दीपक ओली निर्देशित फिल्मलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् ।कुम्भ करणको यस अघि नै सार्वजनिक ’कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा रहेको छ ।
For More videos Log on to Mazzako TV








