नेपाल आएर करिश्माले के भनिन् ?
बलिउड अभिनेत्री करिश्मा कपुर नेपाल आएर फर्किएकी छिन् । केही घन्टाका लागि उनी नेपाल एउटा ज्वेलरी पसलको उद्घाटन गर्न आएकी हुन् । राजधानीको मुटु मानिने दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गर्न उनी नेपाल आएकी हुन् ।

उनले शाखा उद्घाटन गर्दै आफूलाई नेपालमो माया लाग्ने बताइन् । उनले, नेपाललाई सगरमाथाको देश भन्दै फेरि पनि नेपाल घुम्न आउन चाहेको बताइन् । १५ बर्ष अगाडि करिश्मा नेपाल आएकी थिइन् ।
उनले, नेपाल आउन पाउँदा खुशी लाग्ने बताउँदै आफू बलिउडको चौथो जेनेरेशनको हिरोइन भएको समेत बताइन् । करिश्माले नमस्ते गर्दै मिडियालाई अभिवादन पनि गरेकी थिइन् । करिश्माले २५ लाख रुपैयाँ लिएर यो शाखा उद्घाटन गर्न आएको चर्चा छ ।
For More videos Log on to Mazzako TV








