‘मुम्बई एक्सप्रेस’बाट कपि ‘झमकबहादुर’
फिल्म ‘कोहलपुर एक्सप्रेस’ साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’बाट प्रभावित भएको घटना सेलाउन नपाउँदै अर्को एक फिल्म पनि यही फिल्मबाट चोरिएको छ । सोमबार रिलिज गरिएको फिल्म ‘झमकबहादुर’को ट्रेलरबाट पनि यो फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपि गरिएको प्रष्ट हुन्छ ।

दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई भोमान कटुवालले निर्देशन गरेका हुन् । यो फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ, नियोना गुरुङ लगायतका कलाकारलाई देख्न सकिन्छ ।
मिन कुमार तामाङले यो फिल्मको निर्माण गरेका हुन. । फिल्मको ट्रेलर हेरेपछि यो फिल्म ‘मुम्बई एक्सप्रेस’बाट हुबहु कपि गरेको प्रष्ट हुन्छ ।
For More videos Log on to Mazzako TV








