जसितालाई सिफारिश नगरेको प्रदिपको दाबी
अभिनेता प्रदिप खड्काले अभिनेत्री जसिता गुरुङलाई कुनै पनि फिल्ममा सिफारिश नगरेको बताएका छन् । प्रदिप र जसिताको प्रेमको चर्चा चलिरहँदा उनले जसितालाई फिल्ममा सिफारिश पनि गर्ने गरेको खबर आइरहेका छन् । अभिनेत्री जसिताले प्रदिप साथी मात्र भएको बताइसकेका छन् ।

यस्तैमा, प्रदिपले पनि जसिता साथी मात्र रहेको बताएका छन् । साथै, उनले जसितालाई आफूले सिफारिश नगरेको बरु फिल्मको टिमले जसिता हिरोइन राखौ भन्दा आफूले नमानेको प्रदिपले बताएका छन् । प्रदिपले फिल्म ‘रोजी’मा जसिताको बारेमा सोचौ भन्दा आफूले नै हुँदैन भनेको समेत बताएका छन् ।
प्रदिप र जसिताको विचमा अहिले प्रेम चर्चा गर्मिएको छ । जसिताले यो बर्ष नै आफूले अर्को फिल्म खेल्ने बताइसकेकी छिन् । के, जसिताले खेल्ने भनेको फिल्म प्रदिपसँग नै होला त ?
For More videos Log on to Mazzako TV








