कस्लाई के को ‘हैरान’ ? (भिडियो)
विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशिते फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । यहि जेठ ४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँन लागेको फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको टीजर केहि साता अगाडीमा सार्वजनिक गरिएको थियो ।
डान्स फिवरको प्रस्तुती रहेको फिल्म ‘हैरान’ मा सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामागं, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, एञ्जल राई र आरोही शर्माको अभिनय छ । यस्तै विशेष भूमिकामा निर्मल शर्मा र गोविन्द राई प्रस्तुत भएका छन् ।
निरज कंडेलको छायाँकन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । निर्देशक विष्टले यसअघि लभ यू बाबा नामक फिल्म निर्देशन गरेर गिनिज बुक अफ द् वल्र्ड रेकर्डस्मा नाम लेखाएका थिए ।
फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।
फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV