फिल्म प्रेमालय लफडामा पर्ने संकेत देखिएको छ । राजधानीमा कार्यक्रम आयोजना गर्दै घोषणा गरिएको यो फिल्मको नाममा एक लेखकले आपत्ती जनाएपछि लफडा सुरु भएको छ । प्रेमालय उपन्यासका लेखक अश्विनी कोइरालाले यसको नाममा आपत्ती जनाएका छन् ।

उनले, आफ्नो पुस्तकको नाम अनुमती विना नै लिइएको भन्दै नाम परिवर्तन गर्न निर्मातालाई भनेका छन् । यदि, फिल्मको नाम परिवर्तन गरिएन भने आफू न्यायलयसम्म पुग्ने उनले बताएका छन् । प्रेमालय अश्विनीले लेखेको चर्चित उपन्यास हो । जुन पुस्तकले विक्रीमा रेकर्ड समेत राखेको थियो ।

तर, फिल्मका निर्माता सुभाष श्रेष्ठले भने पुस्तकको नाम फिल्म राख्न किन नहुने भनेर प्रश्न गरेका छन् । उनले, आफूहरुले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिसकेको भन्दै नाम परिवर्तन नगर्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV