विकास बोर्ड अध्यक्षको यस्तो चेतावनी
बक्स अफिस प्रणाली लागू गराउन कस्सिएकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले चित्त दुखाउँदै स्टाटस लेखेकी छिन् । आफूलाई महिला भएकै कारण हेप्न खोजिएको भन्दै उनले चित्त दुखेको बताएकी छिन् । चलचित्र विकास बोर्डले बक्स अफिस लागू गराउन लागिपरेपछि केही हलवालाहरु तर्सिएका छन् ।
जसलेगर्दा, बोर्ड अध्यक्षलाई पदबाट निकाल्न ठूलै समूह सक्रिय समेत छ । यस्तैमा बोर्ड अध्यक्ष पौडेलले एउटी महिला भएकै कारण आफूलाई पदबाट हटाउन रातभर मिटिङ बस्नेहरुलाई त्यसो नगर्न समेत चेतावनी दिएकी छिन् ।
चलचित्र विकास बोर्डले राज्यको नीति अनुसार काम गर्ने भन्दै उनले बक्स अफिस राज्यको नीतिमा समेत रहेको भन्दै लागू गराएरै छाड्ने पनि बताएकी छिन् । उनले, चलचित्र विकास बोर्ड सबै पक्षसँग सधै नै कुरा गर्नका लागि तयार रहेको पनि बताएकी छिन् ।
For More videos Log on to Mazzako TV