के प्रेममा छन् प्रदिप र जसिता ?
फिल्म ‘लिलिबिली’मा काम गरेपछि अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको विचमा प्रेम रहेको चर्चा चलिरहेको छ । जसिता प्रदिपसँग नजिक हुँदा निर्देशक मिलन चाम्ससँग टाढा भएको पनि धेरैको वुझाई छ । तर, अभिनेत्री जसिता गुरुङले भने आफू प्रदिपसँग प्रेममा नरहेको बताएकी छिन् ।
उनले, यस्तो हल्ला फिल्म क्षेत्रमा हुनु नौलो कुरा नभएको पनि बताएकी छिन् । जसिताले प्रदिप आफ्नो मिल्ने साथी मात्र भएको बताएकी छिन् । उनले, आफूले यो बर्ष नै अर्को फिल्ममा काम गर्ने पनि स्पष्ट पारेकी छिन् । जसिताले आफूले अर्को फिल्ममा काम गर्दा सो फिल्मका अभिनेतासँग पनि आफ्नो नाम जोडिने बताइन् ।
यसैले, प्रदिप र आफूविच प्रेम सम्बन्ध नरहेको उनले बताइन् । तर, फिल्म क्षेत्रमा प्रदिप र जसिताको प्रेम चर्चा खुबै छ । प्रदिपले जसितालाई फिल्ममा अफर गर्ने गरेको समेत खबर सार्बजनिक भैरहेका छन् ।
For More videos Log on to Mazzako TV