अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म ‘सुनकेशरी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फिल्मका ‘मायाले छोई’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ । भिडियोमा फिल्मका कलाकार सन्नी ढकाल र लउरेन फिचरिङ भएका छन् । हरर जनरामा निर्माण भएको फिल्मका अभिनेता अर्पण थापा भने निर्देशन हुन् ।

केहि साता अघि सार्वजनिक भएको फिल्मको ट्रेलर निकै डरलाग्दो छ । फिल्ममा सन्नी र लउरेनसंगै अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा लगायतको कलाकारको अभिनय रहेको छ । फिल्मलाई ऋचासँगै भीम न्यौपाने र शर्मिला सापकोटाले संयुक्त रूपमा लगानी गरेका हुन् । आउँदो जेठ ११ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको कथा निर्देशक थापा स्वयंमले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV