‘डमरुको डण्डीबियो’ को प्रतिक्रिया र ब्यापार सुखद
अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’ ले सुखद सुरुवाद गरेको छ । शुक्रबारबाट प्रदर्शन भएको फिल्मले पहिलो दिन ५० प्रतिशत रहेको अकुपेन्सी शनिवार ८० को आसपास रहेको फिल्म युनिटको भनाई छन् । शनिबार फिल्म युनिट दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका हल हलमा पुगेको थियो ।

कलाकार खगेन्द्र लामिछाने र अनुप बराल शनिवार गोपीकृष्ण हल पुग्दा सेल्फी खिच्ने दर्शकको भीड मज्जाको देखिन्थ्यो । प्राय खगेन्द्रले दर्शकसँग फिल्मको बारेमा बुझ्ने प्रयास गरे । दर्शक प्रतिक्रियाले खगेन्द्र र अनुप दंग देखिन्थ्ये । फिल्मका बितरक गोविन्द शाहीले बिहानीका शोहरुमा बन्दको केहि प्रभाब परे पनि शनिवार ११ बजेपछि प्राय हाउसफुल रहेको जानकारी दिए ।

शनिवार दिउँसो राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा हलहरुमा दर्शक भरिभराउ देखिएका छन् । कुमारी, बिग मुभिज, एफक्युब, सिने डी सेफ, बिएसआर, क्युज सिनेमा लगायतका मल्टिप्लेक्समा पनि शनिवार फिल्मको अधिकांश शो हाउसफुल रहे । राजधानी बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो छ । 








