निर्माताले घोषणा गरे आन्दोलनको कार्यक्रम
नेपाल चलचित्र निर्माता संघले चलचित्र संघसँग राखेको २ बुँदे मागको बिषयमा कुनै पनि सुनुवाई नभएपछि निर्माताहरुले आन्दोलन थाल्ने भएका छन् । संघर्ष समितीका संयोजक रोज राणाका अनुसार जेठ १ गतेबाट आन्दोलनको सुरुवात हुनेछ । जेठ १ गते सबै फिल्म हलहरुमा कालो पट्टी बाधेर फिल्मीकर्मी पुग्नेछन् ।

जेठ २ गते चलचित्र विकास बोर्डमा फिल्म सेन्सर गर्न नदिन भन्दै धर्ना बस्ने तयारी निर्माताहरुको छ । जेठ ४ गतेबाट भने हलमा कुनै पनि फिल्म चल्न नदिने उनीहरुले बताएका छन् । चलचित्र संघसँग शेयर बाँडफाँडको बिषयमा निर्माताहरुले माग राखेका छन् ।
निर्मातालाई ६० र हल संचालकलाई ४० प्रतिशत शेयर दिइनुपर्ने माग उनीहरुको छ । यो मागबाट पछि नहट्ने समेत निर्माता संघले बताएको छ । चलचित्र संघले अहिलेसम्म निर्माताहरुलाई बार्ताका लागि आह्वान गरेको छैन ।
For More videos Log on to Mazzako TV







