‘डमरुको डन्डिबियो’ को सुरुवात सामान्य, फिल्म कस्तो छ ?
फिल्म ‘डमरुको डन्डिबियो’को व्यापार शुक्रबार सामान्य छ । फिल्मले अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेन । तर, फिल्मलाई दर्शक र समिक्षकले पनि राम्रो प्रतिक्रिया दिएका छन् । वर्ड अफ माउथका कारण पनि फिल्मले भोलीबाट कमाई राम्रो गर्न सक्छ । फिल्मको कुमारी हलमा आज प्रेस शो आयोजना गरिएको छ ।
फिल्मीकर्मी, पत्रकारको उपस्थितीमा गरिएको प्रेश शोमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । छेतन गुरुङले निर्देशन गरेको फिल्मले नेपालबाट लोप हुँदै गएको डन्डिबियो खेलको कथालाई उठान गरेको छ । एक यूवा र उसले डन्डिबियो खेललाई जगेर्ना गरेको प्रयासमा फिल्म केन्द्रित छ ।
नेपालमा खेलकुदको बिषयमा फिल्म खासै बन्दैनन् । यो फिल्मले डन्डिबियोप्रतिको चासो बढाउने छ । खगेन्द्र लामिछाने, वुद्दि तामाङ, अंकित खड्का, अनुप बराल, मेनुका प्रधान फिल्मको मुख्य भूमिकामा छन् ।
For More videos Log on to Mazzako TV