७९ लाखको कारमा दीपक

फिल्म ‘छक्का पन्जा, छक्का पन्जा २’ बाट राम्रो कमाई गरेका निर्माता दीपकराज गिरीले महंगो रकममा सवारी साधन किनेका छन् । उनले, सहकर्मी साथी दीपाश्री निरौलाको साथमा पुगेर नयाँ गाडी किने । उनले ७९ लाखमा हेक्जा कार किनेका हुन् ।

यसअघि उनले स्विफ्ट डिजायर चढ्ने गरेका थिए, जसको मुल्य ३१ लाख थियो । दीपाले पनि फिल्म ‘छक्का पन्जा’ हिट भएपछि नयाँ गाडी किनेकी थिइन् । दीपक अहिले फिल्म ‘छक्का पन्जा ३’ निर्माणको तयारीमा छन् ।









