‘प्रेमालय र रुमानी’ बन्ने

फिल्म ‘प्रेमालय’को घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डेब्यू अभिनेता निराजन प्रधान र अभिनेत्री मरिष्का पोख्रेलको मुख्य भूमिका रहने फिल्मको घोषणा गरियो । फिल्मलाई कुमार शाहले निर्देशन गर्नेछन् ।

यो फिल्ममा निराजन र मरिष्काको साथमा डाक्टर सूर्या थापा, सन्नी ढकालको मुख्य भूमिका रहनेछ । फिल्म ‘प्रेमालय’का कार्यकारी निर्माता मनोज अधिकारी हुन् भने सुभाष श्रेष्ठले फिल्ममा लगानी गर्दैछन् । यो फिल्मले अष्ट्रेलियामा तेला भिषामा पुग्ने आमा बाबु र उनीहरुको सन्तानको कथालाई उठान गर्नेछ ।

यो फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा गरिनेछ । करिब ७० प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ । यस्तै, सो कार्यक्रममा मनोज अधिकारीले निर्देशन गर्ने फिल्म ‘रुमानी’को पनि घोषणा गरिएको छ ।









