शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’को कमाई कति पुग्यो होला ? फिल्म सफल भएको भन्दै केक काटेर सेलिब्रेट गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक विशाल भण्डारी र यो फिल्मको टिमले केक काटेको हो ।

फिल्मले पहिलो सातामा १ करोड ग्रसको कमाइ गरेको निर्मात्री केकी अधिकारीले बताइन् । उनले, फिल्मको सुरुवात राम्रो नभएपनि अहिले दर्शक बढेको भन्दै लगानी सुरक्षित हुने दाबी गरिन् ।

केक काट्ने कार्यक्रममा फिल्ममा अन्य २ अभिनेत्री प्रियंका कार्की र ऋचा शर्मा, अभिनेता विनोद न्यौपाने, छायांकार अर्जुन तिवारी, बाल कलाकार कुशाग्र भट्टराई पनि थिए । फिल्मले मल्टिप्लेक्समा शोज राम्रो पाइरहेको भन्दै केकीले दर्शकले फिल्म मन पराएको दाबी गरिन् ।

 

 

For More videos Log on to Mazzako TV