यी हुन् परमिताका प्रेमी ?
अभिनेत्री परमिता आर एल राणाले अभिनेता आयुष्मान देशराजसँग ब्रेकअप भएको केही समयपछि आफू प्रेममा परेको खुलाएकी छिन् । परमिताले आफ्नो नयाँ प्रेमी हिसी लोसाङसँग आफू प्रेममा रहेको बताएकी छिन् ।
केही समयदेखि हिसी र परमिता प्रेममा रहेको वुझिएको छ । इन्स्टाग्राममा परमिताले हिसीसँगको तस्बिर सार्वजनिक गरेकी हुन् । जसमा, अभिनेत्री प्रियंका कार्कीले समेत कमेन्ट गरेकी छिन् । परमिता अहिले फिल्म ‘चंगाचेट’मा काम गरिरहेकी छिन् ।
जसमा, प्रियंका र आयुष्मानको समेत अभिनय रहेको छ । प्रियंका र परमिता मिल्ने समेत बनेका छन् । परमिता प्रेममा रहँदा निकै खुशी समेत देखिएकी छिन् । ‘चपली हाइट २’मा परमिताले फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
For More videos Log on to Mazzako TV