खगेन्द्रलाई पनि चाहियो पैसा
धेरै अभिनेता आर्थिक अवस्थाका कारण धेरै फिल्म खेल्नुपरेको कारण देखाउँछन् । जीवन धान्नका लागि पनि केही फिल्मको कथावस्तु चित्त नवुझिकन पनि फिल्म खेलेको उनीहरुको धारणा छ । तर, केही अभिनेता छन् जसले बर्षमा एउटा मात्र फिल्म खेल्ने नीति लिएका थिए ।

यसमा, कलाकार खगेन्द्र लामिछाने पनि पर्छन् । तर, अब खगेन्द्रले पनि आफ्नो धारणा केही मात्रामा भएपनि परिवर्तन गरेका छन् । खगेन्द्रले अभिनय गरेका २ वटा फिल्म यो बर्ष रिलिज हुँदेछन् भने नयाँ फिल्म ‘गोपी’को छायांकन सुरु हुँदैछ । खगेन्द्र आखिर किन फिल्मको गती बढाइरहेका छन् । खगेन्द्रले भनेका छन्–‘एउटा मात्र फिल्म खेलेर गाह्रो हुने रहेछ । अब, पैसा कमाउनका लागि पनि बर्षमा २ वटा फिल्म खेल्नुपर्छ भन्ने लागेको छ ।’
खगेन्द्रले दोश्रो पटक आफूले नलेखेको कथामा काम गर्दैछन् । उनले, फिल्मको कथा असाध्यै मन परेकाले काम गर्न लागेको बताए । तर, कतै उनी पनि अब अर्थलाई कारण देखाउँदै फिल्मको संख्या बढाउने नीतिमा त होइनन् ?
For More videos Log on to Mazzako TV








