छायांकनमा ‘छक्का पन्जा ३’ को ढिलाई ?
निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पन्जा २’ मा खुबै गाली खाए । यो फिल्मको कथावस्तुलाई लिएर ठूलै आलोचना पनि भयो । दीपकले कतिपय ठाउँमा आफुहरुले पनि गल्ती गरेको स्विकार गरे । सायद, यही कारणले पनि हुनसक्छ दीपक अब फिल्म ‘छक्का पन्जा ३’मा त्यो गल्ती नदोहो¥याउने पक्षमा छन् ।

यसैले, उनले फिल्मको स्क्रिप्टमा खुबै मिहिनेत गरिरहेका छन् । यो फिल्मको छायांकन वैशाखको १७ गतेबाट सुरु गर्ने योजनामा दीपकको थियो । तर, यो फिल्मको छायांकन केही दिनपछि सरेको छ । यसको मुख्यकारणको रुपमा फिल्मको कथावस्तु नै मानिएको छ ।
कथावस्तु केही चित्त नवुझेकाले केही दिन पछाडि फिल्मको छायांकन सुरु गर्ने योजना दीपक र उनको टिमको छ । फिल्मका लागि दीपकले मिहिनेत गरेको पुष्टी यसबाट पनि हुन्छ । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा अभिनेत्रीको रुपमा दीपिका प्रसाई फाइनल भैसकेकी छिन् ।
For More videos Log on to Mazzako TV








