खगेन्द्र बन्दैछन् ‘गोपी’ (फोटो-भिडियो)

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तलाई लिएर संचारकर्मी तथा ‘घामपानी’ निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने नयाँ फिल्मको घोषणा भएकोे छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘गोपी’ को औपचारिक घोषणा गरिएको हो । यहि जोडी यसअघि फिल्म ‘धनपति’ मा प्रस्तुत भएका थिए ।

फिल्मको कथा पनि निर्देशक लामाकै हो । उक्त कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् ।

भदौ १ गतेबाट छायांकन सुरु हुने फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्नेछ । यसमा खगेन्द्र र सुरक्षाका अलावा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौट हुन बाँकी रहेको निर्देशक लामाले जानकारी दिए ।

आरोही केसी निर्माता तथा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहने फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।

For More videos Log on to Mazzako TV








