जब सन्तोषले पूजाको लागि गीत गाए, पूजा यसरी रोइन (भिडियो)
जेठ १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘बेबी आइ लभ यू’ को स्याड भर्सनको गीत रिलिज भएको छ । ‘सायद तेरो मेरो’ शिर्षकको गीतमा सन्तोष खड्की र पूजा तिवारीको प्रेम भावलाई प्रष्ट्याइएको छ । सार्वजनिक उक्त गीतमा नव नायक सन्तोषकै संगीत र स्वर सुन्न सकिन्छ ।
जनक पाण्डे निर्देशित ‘बेबी आइ लभ यू’ मा सन्तोष र पूजाका सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा, र कार्टुन क्रुज लगायतकोे अभिनय छ ।
शिव न्यौपानेले निर्माण गरेको फिल्मका सिर्जना परियार र दुर्गा पाण्ड सह – निर्माताका रुपमा रहेका छन् । नायक सन्तोषकै कथा रहेको फिल्ममा जनक पाण्डेको पटकथा र संवाद, सुजन बादलको सम्पादन छ ।
For More videos Log on to Mazzako TV