अभिनेता आकाश श्रेष्ठले अभिनेत्री पूजा शर्मासँग फिल्म ‘रामकहानी’मा काम गरेका छन् । यो फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ । पूजा यो फिल्ममा सोझी यूवतीको भूमिकामा छिन् । तर, फिल्ममा सोझी देखिएकी पूजा बाहिर भने हट देखिन्छिन् ।

सार्वजनिक कार्यक्रममा हट बनेर पुग्ने पूजाको शैलीमा उनका हिरो आकाशको भने असन्तुष्टी छ । आकाशका अनुसार उनलाई पुरा कपडा लगाएकी साधारण पूजा नै मनपर्छ । उनी, पूजाको हट रुपबाट खुशी छैनन् । तर, पूजा भने आफू जस्तो छ त्यस्तै बाहिर पनि देखाउन चाहने बताउँछिन् ।

यही कारणले पनि आफूले बाहिरी कार्यक्रममा मन परेको पहिरन लगाउने गरेको पूजा बताउँछिन् । पूजा र आकाशको पहिरन बिबाद फिल्म चलेपछि पनि रहला कि नरहला ?

 

For More videos Log on to Mazzako TV