११ नम्बरको जर्सीमा फुटबल खेलाडी अनमोल
नायक अनमोल केसी पहिलो पटक पर्दामा फुटबल खेलाडीको रुपमा आँउदैछन् । चलचित्र ‘क्याप्टेन’का लागि फुटबल खेलाडी बनेका अनमोलको यतिबेला धमाधम सुटिङ्ग चलिरहेको छ । इलाममा सिनेमाको छायांकन भईरहेको छ ।
अनमोल सहित निर्माता भुवन केसी, निर्देशक दिवाकार भट्टराई, कलाकार सरोज खनाल, नायिका उपासना सिंह ठकुरी, फाईट डाईरेक्टर चन्द्र पन्त लगायतको टोली यतिबेला इलाममा सिनेमाको छायांकनमा ब्यस्त छ ।
सिनेमामा फुटबल खेलाडीको रुपमा देखिने अनमोलका फुटबल कोचको रुपमा भने सरोज खनाललाई देखिनेछ । ‘क्याप्टेन’का लागि अनमोलले आफ्नो शरीरको वजन घटाएका छन् । ‘कृ’ सिनेमामा बडी बनाएका अनमोल यो सिनेमामा भने स्लिम ट्रिम देखिएका छन् । उनले आफ्नो हेयरस्टाईल पनि चेन्ज गरेका छन् ।
इलाममा सिनेमाको छायांकन तीन दिन सम्म चल्ने निर्माण युनिटले जानकारी गराएको छ । फुटबलको कथामा बन्न लागेको यो सिनेमामा बास्तिवक फुटबल खेलाडीहरुलाई पनि देखिनेछ ।
For More videos Log on to Mazzako TV