निरुताको आग्रह–‘ट्रेलर हेर्नुहोस्, फिल्मका लागि पर्खनुहोस्’
‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ मा सहभागी हुन नेपाल आएकी अभिनेत्री निरुता सिंहले फिल्म ‘नाई नभन्नु ल ५’मा केमियो भूमिकामा काम गर्न भ्याइन् । फिल्म ‘फर्की आउ’ पछि उनले फिल्ममा काम गरेकी थिइनन् । ८ बर्षपछि काम गर्दा उत्साहित भएकी निरुताले यसलाई ट्रेलर मात्र भएको बताएकी छिन् ।

निरुताले यो फिल्ममा केमियो भूमिकामा मात्र काम गर्न पाउँदा पनि खुशी रहेको बताएकी छिन् । साथै, उनले दर्शकलाई चाडै नै फिल्म खेल्ने पनि बताएकी छिन् । निरुताले अहिले एउटा फिल्मका लागि कुरा भैरहेको बताउँदै पुरा फिल्मभर चाडै नै दर्शकले आफूलाई देख्न पाउने पनि बताएकी छिन् । निरुताको भनाई छ–‘ट्रेलर अहिले हेर्नुहोस्, पुरा फिल्मका लागि पर्खनुहोस् ।’
Photo- merofilm.com
For More videos Log on to Mazzako TV








