विज्ञापनबाट प्रियंकालाई नाम पनि, दाम पनि
बलिउडका कलाकारको कमाइको मुख्य श्रोत नै विज्ञापन हो । विज्ञापनमै काम गरेर बलिउडका सुपरस्टारहरु करोडौ रकम कमाउँछन् । तर, नेपालमा भने कमै मात्र कलाकारले विज्ञापनमा काम गर्न पाएका छन् ।
अहिले अभिनेत्री प्रियंका कार्कीले विज्ञापनबाट राम्रो कमाई गरिरहेकी छिन् । प्रियंकाले २ साता अगाडि मात्र ब्रिटानिया कम्पनीको विज्ञापनमा काम गरेकी थिइन् । यो विज्ञापनमा २ बर्ष काम गरे वापत उनले २० लाख भारु पारिश्रमिक लिइन् ।

अब, फेरि उनले रुस्लान कम्पनीको विज्ञापनमा काम गर्नका लागि संझौता गरेकी छिन् । २ बर्षका लागि यो कम्पनीको ब्रान्ड एम्बासडर बनेकी प्रियंकाले २० लाख पारिश्रमिक लिएको बताएकी छिन् । उनले, चाडै नै अर्को एक विज्ञापनमा काम गर्ने पनि बताएकी छिन् । विज्ञापनबाट प्रियंकाले नाम पनि दाम पनि कमाइरहेकी छिन् ।
For More videos Log on to Mazzako TV







