घुमाउरो पारामा माग्नेले बढाए पारिश्रमिक (भिडियो)
सोमबार फिल्म ‘रामकहानी’को पहिलो गीत रिलिज भयो । गीत रिलिज कार्यक्रममा पुगेका फिल्मका मुख्य कलाकार केदार घिमिरेले घुमाउरो पारामा पारिश्रमिक पनि बढाएका छन् । उनले भने–‘म यही कार्यक्रमका लागि भनेर बर्माबाट सिधै यहाँ आएको हुँ ।
काममा मात्र होइन, हरेक कुरामा म कत्ती दत्तचित्त र पक्का छु । मलाई १० लाख होइन, अब १ लाख थपेर दिनुहुनेछ भन्ने आशा गरेको छु ।’ केदारले यसो भनिरहँदा फिल्मकी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले उनको प्रशंसा गरिन् ।
केदार दाई निकै मिहिनेती र पुरा समय दिएर काम गर्ने कलाकार भएकाले उनलाई १० होइन २० लाख पारिश्रमिक दिएपनि फरक नपर्ने भन्दै पूजाले फुर्काइन् । निर्मात्रीले यसो भनेपछि केदार पनि दंग परेका थिए । केदारले, जे भएपनि घुमाउरो शैलीमै आफ्नो पारिश्रमिक बढाएरै छाडे ।
For More videos Log on to Mazzako TV