अभिनेता खगेन्द्र लामिछाने बर्षमा एउटा मात्र फिल्म खेल्छन् । उनले काम गरेका फिल्मले मौलिकता बोकेका हुन्छन् । यसपटक उनले खेलकुदको कथालाई उठाएका छन् ।खगेन्द्रको आफ्नै कथा र अभिनय रहेको फिल्म ‘डमरुको डन्डिबियो’ शुक्रबारबाट रिलिज हुँदैछ । यो फिल्ममा खगेन्द्र डन्डिबियो खेलाडीको रुपमा देखिएका छन् । तर, यो फिल्मलाई बक्स अफिस थ्रेट छ ।

खेलकुदको कथालाई दर्शकले कति रुचाउलान् भन्ने प्रश्न पनि छ । अर्कोतिर, गतबर्ष रिलिज भएको फिल्म ‘धनपति’ बक्स अफिसमा असफल भएकाले पनि खगेन्द्रका लागि यो फिल्म चल्न जरुरी छ । किनकी, खगेन्द्रको शैलीलाई दर्शकले मन पराउँछन् भनिन्छ । तर, यो फिल्म पनि नचले खगेन्द्रलाई शैली परिवर्तन गर्नुपर्ने थ्रेट उब्जनेछ ।

For More videos Log on to Mazzako TV