रिलिज अघि चर्चा अभिनेत्री ऋचा शर्मा फिल्म ‘कोहलपुर एक्सप्रेस’मा तिर्सना भन्दा यसलाई नै प्चारको मुख्य हतियार बनाइएको थियो । ऋचा शर्माले पनि आफू विवादित मोडल तिर्सना बुढाथोकीको शैलीमा देखिएको बताएकी थिइन् । फिल्मको प्रचारमा तिर्सना नै हाबी भएकी थिइन् । ऋचाले त आफूले तिर्सनाको भिडियो दैनिक हेर्ने गरेको पनि बताएकी थिइन् ।

तर, फिल्म रिलिजपछि भने उनै ऋचाको भूमिकाको आलोचना बढी भएको छ । फिल्मका अन्य २ कलाकार केकी अधिकारी र प्रियंका कार्कीको कामको प्रशंसा भैरहँदा ऋचाको भूमिकाको पनि आलोचना भएको छ । उनको, लाउड भूमिकाले दर्शक झनै बोरिङ हुने गरेको समिक्षा समिक्षकले गरेका छन् । फिल्मको निर्माण टिमलाई ऋचाको क्यारेक्टर प्रचार गर्ने माध्यम त बन्यो, तर फिल्म रिलिजपछि सोही क्यारेक्टर असफल साबित भएको छ ।

For More videos Log on to Mazzako TV