गीतकार जन्ज जय साम्पाङ राईको पहिलो यसै साता एल्वम वजारमा आएको छ । ताराप्रकाश लिम्बूको एकल संगीत रहेको एल्वममा राजेशपायल राई, मेलिना राई, सिडी विजय अधिकारी लगायतको स्वर सुन्न सकिन्छ । यस्तै ताराप्रकाशले पनि एल्वममा गीत गाएका छन् । एल्वम भित्र सात वटा गीत संग्रहित छन् भने दुई वटा गीतको म्युजिक भिडियो पनि बनिसकेको छ । वरिष्ठ गीतकार डा कृष्णहरी वराल, निर्देशक उदय सुव्वा र जन्मकी आमा कृष्णकुमारी राईले एक भव्य समारोह बिच एल्वम जन्म संयुक्त रुपमा विमोचन गर्नुभयो ।

करिव एक दशकदेखि लेखन शुरु गरेपनि जन्मले प्रवाशको बसाईका कारण एल्वम सार्वजनिक गर्न सकेका थिएनन् । पाँचथर यासोकमा २०३५ सालमा जन्मिएका जन्म लामो समयदेखि हङकङमा वसोवास गर्दै आएका छन् । विमोचन समारोहमा शुभकामना मन्तव्य दिदै वरिष्ठ गीतकार डा. वरालले जन्मको लेखन परिपक्व भएको उल्लेख गर्नुभयो । उहाँले म्युजिक भिडियो र संगीतकार ताराप्रकाशको कामको पनि मुक्त कण्ठले प्रशंशा गर्नुभयो । वर्षौंपछिको आफ्नो मेहनत साकार भएको भन्दै जन्मले खुशी व्यक्त गरे । उनले दर्शक,श्रोताको माया पाउँदै गए आगामी दिनमा लेखनलाई थप शशक्त बनाउने पनि बताए ।

 

For More videos Log on to Mazzako TV