केकीको फिल्मलाई चोरीको आरोप, केकी भन्छिन् प्रभावित मात्रै
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले चोरिको आरोप खेपेको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको यो फिल्मको व्यापार कमजोर छ । तर, फिल्मलाई चोरीको आरोप लागेसँगै यसको व्यापारमा झनै समस्या पर्नेछ ।

यो फिल्म सन् २००५ मा रिलिज भएको अभिनेता कमल हसनको ‘मुम्बई एक्सप्रेस’बाट कपी गरिएको समिक्षा सार्वजनिक भएका छन् । फिल्म हेर्ने धेरै दर्शकले पनि चोरीको प्रतिक्रिया दिइरहेका छन् । विशाल भण्डारी र शान बस्न्यातको कथामा प्रश्न चिन्ह उठाइएको छ ।
अभिनेत्री केकी अधिकारीले भने फिल्म चोरिएको भन्दा पनि प्रभावित भएको बताएकी छिन् । कमेडी जनराको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने मुख्य भूमिकामा देखिएका छन् ।
For More videos Log on to Mazzako TV








