अभिनेता अनमोल केसी र उनको टिम इलामतिर हानिएको छ । शनिबार उनीहरु केही दिनका लागि मात्र इलाम हानिएका हुन् । अभिनेता अनमोल केसी, नव–अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, द्धन्द्ध निर्देशक चन्द्र पन्त इलाम पुगेका हुन् ।

उनीहरु, इलाम पुग्नुको कारण हो फिल्म ‘क्याप्टेन’को छायांकन । हुनत, यो फिल्मको छायांकन १५ दिनपछि मात्र सुचारु हुनेछ । तर, फुटबलको कथामा बन्न लागेको फिल्म भएकाले पनि निर्माता भूवन केसी फुटबलका वास्तविक खेलाडीलाई पर्दामा देखाउन चाहन्छन् ।

यसैले, इलामका बास्तविक फुटबल खेलाडी केही दिनपछि तालिममा व्यस्त हुने भएकाले अहिले नै उनीहरुको दृश्य छायांकन गर्न लागिएको हो । यसैका लागि अनमोल र उनको टिम इलाम पुगेको हो । २ दिन मात्र फिल्मको छायांकन गरेर उनीहरु काठमाण्डौ फर्कनेछन् । यसपछि, करिब १५ दिनपछि फिल्मको छायांकन इलाममा नै हुनेछ ।

For More videos Log on to Mazzako TV