अभिनेता प्रदिप खड्काले आफूले फिल्ममा अभिनेत्री खासै सिफारिश नगर्ने बताएका थिए । तर, अभिनेताले काम गर्न लागेको नयाँ फिल्म ‘रोजी’मा भने उनी हाबी देखिएका छन् । यो फिल्ममा अभिनेत्री मिरुना मगरको नाम सार्वजनिक भएको थियो ।

तर, प्रदिप नै मिरुनाप्रति सकारात्मक थिएनन् । निरक पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लभ स्टोरी कथामा निर्माण गर्ने तयारी गरिएको छ । अब, फिल्मका लागि नयाँ अभिनेत्री फाइनल भएकी छिन् । अब, यो फिल्ममा प्रदिप खड्का र अभिनेत्री परमिता राणाले अभिनय गर्नेछन् ।

हुनत, फिल्मका लागि प्रदिपले अभिनेत्री जसिता गुरुङको नाम पनि सिफारिश गरेको चर्चा फिल्म क्षेत्रमा चलेको थियो । तर, अब प्रदिप र परमिता यो फिल्ममा जोडीको रुपमा देखिनेछन् ।

For More videos Log on to Mazzako TV