बिपिनको रुप थरि थरि, यसरी बने ‘हरी’ (भिडियो)

‘पशुपति प्रसाद’ का ‘भस्मे डन’ बाट मज्जाको प्रतिक्रिया पाएका भर्सटायल अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘हरी’ यही जेठ ४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म युनिट प्रचार सामग्री स्वरुप नयाँ पोष्टरहरु समेत सार्बजनिक गर्दै फिल्मको प्रचारलाई तिब्र दिएको छ । सार्वजनिक पोष्टरहरुमा फरक फरक भूमिकामा बिपिनलाई देख्न सकिन्छ ।

केहि समय अगाडी सार्बजनिक भएको फिल्मको ट्रेलर हेर्दा बिपिनले बोल्ने सम्बाद पनि मज्जाको लाग्छ । ट्रेलर हेर्दा फिल्म सस्पेन्स कमेडी जनराको हुनसक्ने अनुमान गर्न सकिन्छ । अभिनेता बिपिन कार्की पछिल्लो समय निकै चर्चित अभिनेता मध्येका एक हुन् । प्रदर्शन मिती नजिकिदै गर्दा ‘हरी’ फिल्म युनिटले कै गरी पनि सफल बनाउने गरी प्रमोशन गर्ने तयारीमा रहेको छन् ।

फिल्ममा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘हरि’ को लेखन र निर्देशन सफल केसी र प्रतीक गुरुङ हुन् । फिल्मका कार्यकारी निर्माता योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा हुन् ।
For More videos Log on to Mazzako TV








