गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा निर्देशक भनि नाम लेखाउन सफल निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको सिनेमा ‘हैरान’को नयाँ गीत सार्वजनिक भएको छ । तिम्रो हिरो बोलको यस गीतमा नायक गजित बिष्ट र नायिका निष्मा घिमिरेलाई देख्न सकिन्छ । गीतमा बुद्धि तामाङ्ग र बले अर्थात सागर लम्साल पनि फिचरिङ्ग भएका छन् ।

जेठ ४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यो सिनेमाको यस गीतमा राजन इसानको आवाज रहेको छ । चलचित्रको यस अघि सार्वजनिक गरिएको ट्रेलरले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । यस गीतबाट पनि निर्माण टोलीले निकै ठुलो आशा राखेको छ ।

डान्स फिभरको प्रस्तुती चलचित्र ‘हैरान’मा सरोज खनाल, सत्यराज आचार्य, शिशिर भण्डारी, आरोही शर्मा, पुष्कर रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ । कोरियोग्राफर गम्भिर बिष्टले लेखेको यो सिनेमा चन्द्र पन्तको एक्सन रहेको छ ।

For More videos Log on to Mazzako TV