चलचित्र ‘दर्पण छायाँ’ नहेर्ने सायदै होलान । यो चलचित्रमा रुचाईएको जोडी निरुता सिंह र दीलिप रायमाझी पुन: चलचित्रमा सँगै देखिदैछन् ।’नाई नभन्नु ल ५’ मा यो जोडीले सँगै पर्दा सेयर गरेका छन् । सिनेमाको लागि दीलिप र निरुताको दृश्यको छायांकन आज गरिएको छ ।


पर्दामा निकै रुचाईएको यो जोडी धेरै बर्षपछि भेट्दा निकै भावुक देखियो । दीलिपसँगको भेटघाटले निरुता निकै खुशी भईन्, उनको आँखामा खुशीका आँसु छल्किए । सिनेमा र सिनेमाले जोडीदिएको सम्बन्ध निकै भावनात्मक हुने निरुताले बताईन् ।

दीलिपसँगको भेटले पुराना दिनहरु ताजा भएको आएको उनले सुनाईन् । यता दीलिपले पनि निरुताको प्रशंसा गरेर थाकेनन् । चलचित्रमा सँगै काम गर्न पाँउदा निकै खुशी देखियो जो जोडी ।

चलचित्र ‘नाई नभन्नु ल ५’ मा निरुताको भुमिका छोटो भएपनि निकै प्रभावकारी रहेको सिनेमाका निर्देशक बिकास राज आचार्यले जानकारी गराएका छन् । सिनेमामा निरुता र दिलीप बाल कलाकार अनुभव रेग्मीको मातापिताको भुमिकामा छन् ।

छायांकनको अन्तिम चरणमा रहेको सिनेमा ‘नाई नभन्नु ल ५’ मा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल लगायतका कलाकारले अभिनय गरिरहेका छन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिईरहेका छन् । ‘नाई नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत रहेको छ ।

Pic Courtesy Mero Film (www.merofilm.com)

For More videos Log on to Mazzako TV