अभिनेता प्रदिप खड्का र निर्देशक मिलन चाम्सविचको सम्बन्ध सकिएको छ । यी दुइविच अहिले पानी बाराबारको अवस्था भएको छ । प्रदिप र मिलनको सम्बन्ध अहिले यतिसम्म भएको छ कि, उनीहरु अहिले एक अर्काको अनुहार नै हेर्न चाहन्नन् ।

अभिनेता प्रदिप खड्कालाई लिएर निर्देशक मिलन चाम्सले फिल्म ‘लिलिबिली’ बनाएका थिए । तर, फिल्म रिलिज भएसँगै प्रदिप र मिलनको सम्बन्ध सकिएको छ । अब, मिलन प्रदिपसँग कहिल्यै पनि फिल्ममा काम नगर्ने तयारीमा पुगेका छन् ।

बिहिबार आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा पनि प्रदिप र मिलनले एक अर्कालाई हेरेनन् । पत्रकारको आग्रहमा जर्बजस्ती तस्बिर खिचाएका यी दुइको बोली भने फुटेन । मिलन र प्रदिपको यो सम्बन्ध सकिनुको कारण खुलेको छैन ।

For More videos Log on to Mazzako TV