निरुताले गर्ने भइन् ‘नाई नभन्नु ल ५’ (भिडियो)
अभिनेत्री निरुता सिंहलाई दर्शकले फिल्ममा हेर्न नपाएको धेरै बर्ष भैसक्यो । फिल्मको असफलता बढ्दै गएपछि निरुता मुम्बइ पुगेकी थिइन् । यसपछि, फाट्टफुट्ट नेपाल आएपनि निरुताले फिल्म भने गरेकी थिइनन् । तर, लामो समयको अन्तरपछि अभिनेत्री सिंहले एक फिल्ममा अतिथी भूमिकामा काम गर्ने भएकी छिन् ।

अभिनेत्री निरुता सिंहले हिट सिरिज ‘नाई नभन्नु ल ५’मा काम गर्न लागेकी छिन् । उनको एक दिनको मात्र छायांकन रहेको छ । निरुताले फिल्ममा कस्तो भूमिका निर्वाहा गर्न लागेकी हुन् भन्ने त खुलेको छैन । तर, विकासराज आचार्यले निरुताप्रतिको दर्शकको पर्खाइलाई राम्रैसँग क्यास गर्न खोजेका छन् ।

भदौ ८ गतेबाट यो फिल्म रिलिज हुँदैछ । निरुताले शनिबार फिल्मको छायांकन गर्नेछिन् । उनी, फिल्मको कामका कारण शुक्रबारको फ्ल्याइट क्यान्सिल गरेर आइतबार मुम्बई फर्कदैछिन् ।
For More videos Log on to Mazzako TV








