अनमोल र प्रदिपको जम्काभेट कसरी जुर्याे ?

बिहिबार बेलुकी आयोजना भएको ‘छैठौ राष्ट्रिय चलचित्र पुरस्कार’मा अभिनेता अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड जिते । उनले अवार्ड जित्दै गर्दा नोमिनेशनमा परेका अन्य ३ अभिनेता पनि उपस्थित थिए । अभिनेता प्रदिप खड्का, पल शाह र पुष्पल खड्का पनि उपस्थित भएको अवार्डमा कसले अवार्ड पाउला भन्ने चर्चा चलेको थियो ।

तर, त्यो भन्दा पनि बढी हाइलाइटमा रहन पुग्यो अभिनेता अनमोल केसी र प्रदिप खड्काको जम्काभेटले बढी चर्चा पायो । अनमोल र प्रदिपले यस अगाडि भेटघाट गरेका थिएनन् । फिल्म बजारमा भने अनमोल र प्रदिपको टकरावको चर्चा खुबै चलेको थियो ।

अनमोल र प्रदिपमा आफू स्टार भन्ने लडाई चलेको चर्चा हुने गरेको थियो । तर, बिहिबार भने अनमोल बसिरहेको स्थानमा प्रदिप पुगे र उनीसँग हात मिलाए । दुबैले सन्चो विसन्चो सोधे । प्रदिपले अभिनेता भूवन केसीलाई पनि नमस्ते गर्दै कुराकानी गरे । प्रदिप र अनमोलको यो भेटघाट अवार्डकै मुख्य हाइलाइट्सको रुपमा रहन पुगेको थियो ।
For More videos Log on to Mazzako TV








