फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ र बिशाल भण्डारीको निर्देशन रहेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’ प्रदर्शनमा आएका हुन् । हलमा प्रियंका कार्कीकै ४ वटा फिल्म हेर्न पाईने र बाध्यता दर्शकहरुलाई छ । यस अघी चैत्र ९ गते रिलिज भएको ‘शत्रु गते’ र चैत्र ३० गते रिलिज भएको ‘लिलिबिली’ ले अझै पनि हलहरुमा शो पाईरहेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘ह्याप्पी डेज’ मा प्रियंका सँगै दयाहायाङ राई, सञ्जय गुप्ता, दिया पुन, बिक्की जोशी लगायतको कलाकारहरुको अभिनय रहेको छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स फिल्मका निर्माता हुन् ।
कमेडी जनरामा निर्माण भएको चलचित्र ‘कोहलपुर एक्स्प्रेस’ मा पनि प्रियंका सँगै केकी अधिकारी ऋचा शर्मा, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV